अपाङ्गता भएकी बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

अपाङ्गता भएकी बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् ।

आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ । गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर नियन्त्रणमा लिएका हुन् ।

पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण र उपचार भएको छ । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

आरोपितले बलात्कार गरेको स्वीकारेका छन् । प्रहरी चौकी पकरीले थप कारवाहीका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.