गुम्बामा महिलाहरुमाथि यौन शोषण

गुम्बामा महिलाहरुमाथि यौन शोषण

काठमाडौं दक्षिणकाली नगरपालिका १ चाल्नाखेलमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्वा छ।  १२ रोपनी जग्गामा फैलिएको सो गुम्वा पाठशाला भन्दा पनि धर्मशालाका नामले बढी चिनिएको छ।

१० वर्षअघि आफूलाई गुरु रिम्पोछे छुल्ठिम दोर्जे योन्जन बताउने ५६ वर्षीय टुल्कु लामाले सो गुम्बा बनाएका हुन् । सो गुम्बामा रोग निको हुन्छ भनेर जाने महिलाहरुको संख्या पनि बाक्लै हुन्छ।

त्यही गुम्बामा सिआइबीले छापा मारेर लामालाई पक्राउ गरेको छ। सिआइबीकी एसपी मिरा चौधरी नेतृत्वको टोली बौद्ध भित्रै प्रवेश गरेर लामालाई पक्राउ गरेको हो।
लामामाथि धार्मिक आवरणमा महिलाहरुलाई यौनशोषण गरेको आरोप लागेको छ।

उपचार गराउन त्यहाँ पुगेका महिलाहरुलाई कोठामा लगेर निर्वस्त्र बनाउने, जर्वजस्ती शारिरीक सम्बन्ध राख्ने जानकारी पाएपछि लामालाई पक्राउ गरिएको सिआइबीका निर्देशक पुष्कर कार्कीले जानकारी दिए।

धर्मको आडमा महिलालाई आफू अवतारी लामा भएको भन्दै उनले दशौं पुस्तासम्म एउटै कलामा जन्मेको भन्दै महिलाहरुलाई यौनशोषण गर्ने गरेको कार्कीले बताए।

लामाले जुनसुकै रोग पनि निको पार्ने दाबी गर्दै गुम्बामा रहेका र बाहिरबाट उपचार गर्न जानेहरुलाई आफूसँग दैवी शक्ति छ भन्ने भ्रममा पार्दै आएको सिआइबीले जनाएको छ।

महिलालाई यौनशोषण गरेपछि लामाले कसैलाई भने ठूलो क्षति हुने चेतावनी दिने गरेको पीडित महिलाहरुले बताएका छन् ।

अरुलाई भने ठूलो क्षति हुन्छ, रोग पुन बल्झिन्छ, आफूसँग मात्रै यौनसम्पर्क राख्नुपर्ने लामाले महिलाहरुलाई बताउँदै आएका थिए।

गुरु ३३ कोटी देउताको अवतार भएको, गुरु रिसाए अनिष्ठ हुने बताएपछि ती महिलाहरुले आफन्त र पीडित कसैलाई शोषित भयौं भनेर भन्न सकेका थिएनन् ।

प्रहरीका अनुसार लामाले विवाह नभएका युवतीहरुलाई अरुसँग विवाह गर्न नदिने, गर्न परे उनको अनुमति लिनुपर्ने र नमाने आफूसँग भएको यौनसम्बन्धबारे सबैलाई भनिदिने धम्की दिन्थे ।

उपचारका गर्न त्यहाँ पुगेकी एक विवाहित महिलालाई लामाले सो सँग बसिरहे रोग निको नहुने र रोग निको पार्न आफूसँग मात्रै सुत्नुपर्ने बताएका थिए।  पछि ती महिलालाई उनको श्रीमानसँग लामाले सम्बन्ध विच्छेद गराइदिएका थिए। कतिपयको नग्न तस्बिर लामाले सामाजिक संजालहरुमा समेत पोष्ट गरिदिएको प्रहरीले जनाएको छ।

सिआइबीको टोली गुम्बा पुग्दा त्यहाँ रहेका केही महिलाहरुले प्रहरीमाथि रोक लगाउने प्रयास गरेका थिए। सो गुम्बामा अझै दर्जनौं युवती र महिलाहरु छन् ।

लामामाथि प्रहरीले जर्बजस्ती करणी र विद्युतीय कारोबार ऐनको मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाएको छ। उपत्यकामा अन्य गुम्बाहरुमा पनि यस्तै प्रकारका गतिविधि भए नभएको बारे सिआइबीले सुष्म रुपमा अध्ययन गर्ने भएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.