पौडी खेल्नेक्रममा युवकको मृत्यु

पौडी खेल्नेक्रममा युवकको मृत्यु

तिनाउ खोलामा पौडी खेल्नेक्रममा सोमबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन् । तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए।

पाल्पाको रानीमहल नजिकै पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव भने अझै फेला परेको छैन । रिब्दीकोट गाउँपालिका–३, हार्थोकका १८ वर्षीय संगम कार्की अझै कालीगण्डकी नदीमा बेपत्ता छन् ।

उनीसँगै नयाँ वर्षका दिन हराएका युवक आयुष खनालको शव आइतबार रानीमहल नजिकै कालीगण्डकी नदीमा फेला परेको थियो ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.