एपीएफ टोलीद्वारा एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको छ ।
आज बिहान साढे १० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा गएर हेर्दा त्यहाँबाट पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निरकृष्ण अधिकारीले जानकारी दिए ।
गस्ती टोलीले इण्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७.६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउण्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो ।
बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
अरु समाचार
सशस्त्र प्रहरीद्वारा ११ के.जी. गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प...
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्य...
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रय...
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला स...
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४...
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुख...
गृहमन्त्रीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहर...
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी ...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले...
सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर ल...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढ...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन। ए...
सशस्त्र प्रहरीको सिसिएससी तालिम सकियो
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालि...