एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ
मोरङ जिल्लाको बीराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंगलबार एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ४ बस्ने २१ वर्षिय विपिन क्षेत्री छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले निज क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेल उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेका निज क्षेत्रीलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
अरु समाचार
सशस्त्र प्रहरीद्वारा ११ के.जी. गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प...
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्य...
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रय...
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला स...
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४...
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुख...
गृहमन्त्रीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहर...
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी ...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले...
सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर ल...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढ...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन। ए...
सशस्त्र प्रहरीको सिसिएससी तालिम सकियो
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालि...