रुकुमपश्चिम घटना : वडाध्यक्षले प्रहरीलाई नै गुमराहमा पारेको गृहको निष्कर्ष
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती भन्ने स्थानमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा वडाध्यक्ष डम्बर बहादुर मल्लले प्रहरीलाई नै गुमराहमा पारेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ।
गृहमन्त्रालयद्वारा गठन गरिएको छानबिन समितिले तयार पारेको प्रतिवेदनले वडाध्यक्ष मल्लले लकडाउनको समयमा नवराज विकलगायत गाउँ प्रवेश गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीलाई गलत ठाउँमा पठाइ गुमराहमा पारेको निष्कर्ष निकालेको छ ।
उनले प्रतिवादी रहेका टोपबहादुर मल्ल र नेत्रबहादुर मल्ललाई सम्पर्क गरी गाउँ प्रवेश गरेकाहरूलाई नियन्त्रणमा लिने भन्दै उत्प्रेरित गरेको खुलेको छ।
साथै, उनले गोइरी औलाका व्यक्तिहरू समेतलाई गलत सूचना दिइ बाटो छेक्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
रूकुम पश्चिम चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालिसकेको छ।
हाल २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने पाँच जना अझै फरार छन्।
अरु समाचार
कमाण्डो तालिमको दिक्षान्त समारोह
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचा...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...