सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजना पक्राउ
महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदेश जानका लागि खुमानसिंह थापाले दर्ता गरेको कागजात नक्कली भएपछि प्रहरीले गुल्मीका खुमानसिंह थापासहित, चितवनका अर्जुन अधिकारी र सल्यानका बलबहादुर राउतलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
खुमानसिंह थापाको नक्कली कागजात अर्जुन अधिकारीमार्फत बलबहादुर राउतले बनाउने गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुले पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने क्रममा एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खबर पाएपछि महाशाखाको टोलीले समातेको हो ।
उनीहरुले एसएलसी क्यारेक्टर सर्टिफिकेट , बैंक स्टेटमेन्ट, मृत्यु दर्ता, विवाह दर्ता, प्रहरी रिपोर्ट, नाता प्रमाणितलगायतका कागजात नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ ।
हालसम्म राउतले चार हजारप्रति नक्कली शैक्षिक प्रमाणपत्र, एक हजार ५०० थान बैंक स्टेटमेन्ट, ४०० थान सवारी चालक अनुमतिपत्र, १५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानमा खुल्न आएको छ ।
राउतले शैक्षिक प्रमाणपत्रलाई रु एक हजार ५०० देखि पाँच हजार, बैंक स्टेटमेन्टलाई रु एक हजार ५०० देखि दुई हजार ५०० सम्म, सवारी साधन अनुमतिपत्रलाई रु एक हजारदेखि दुई हजारसम्म, प्रहरी रिपोर्टलाई रु ५०० देखि एक हजारसम्म लिने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
पक्राउ परेकालाई मुलुकी ऐन किर्ते कागजको १२ नं बमोजिम कारवाही गरिनेछ ।
अरु समाचार
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...
ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक ...
काठमाडौंको किर्तिपुर स्थित चोभारमा शुक्रबार गरिएको चेकिङका क्रममा ल...