कारले  मोटरसाइकललाई ठक्कर दिँदा दुइजनाकाे मृत्यु

कारले  मोटरसाइकललाई ठक्कर दिँदा दुइजनाकाे मृत्यु

सोमबार चितवन ईच्छाकामना गाउँपालिका-४ लेवटारस्थित पृथ्वी राजमार्गमा ना.६ च ३११० नम्बरको कारले  प्रदेश ३-०२-००३ प ५२१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुइजनाकाे मृत्यु भएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुपाल्चोकका विबेक खनाल र मोटरसाइकलमा सवार सोही ठाँउकाे उदित बस्नेतको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ठक्कर दिने कार र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.