सवारी दुर्घटनामा ३ को मृत्यु

सवारी दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, सर्लाही र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं बसुन्धारामा बा.८ च ८७६२ नम्बरको कार र बा.६६ प ५४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार  दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने स्याङ्जाका १८ वर्षीय सफल माझीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक बसुन्धारा बस्ने स्याङ्जाका २२ वर्षीय प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही लालबन्दीस्थित पूर्व-पश्चिम राजमार्गमा बा.१९ च ६३२२ नम्बरको कारले आइतबार बेलुका मागी खाई हिँडने परिचय नखुलेका अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिंदा घट्नास्थलमै मृत्यु भएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटीमा से.६ प १४५३ नम्बरको मोटरसाइकललाई  नम्बर नखुलेको सवारी साधनले आइतबार ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार बाजुराका १९ वर्षीय प्रज्ज्वल शाहको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय रोशन लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधन र चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.