३ जना मृत अवस्थामा फेला

३ जना मृत अवस्थामा फेला

काठमाडौं, ललितपुर र ओखलढुङ्गामा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं शंखरापुर नगरपालिका-३ जरसिंहपौवा पाखे टोल बस्ने सोलु महाकुलुङ गाउँपालिका-२ घर भएकी ३४ वर्षीय मञ्जु विक आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान मृत फेला परेकी छन् ।

ललितपुर ललितपुर महानगरपालिका-११ स्थित बंगलामुखी मन्दिर अगाडि परिचय नखुलेका अन्दाजी ४१ बर्षीय पुरुष आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-१० रानीवनस्थित तारुके खोलामा परिचय नखुलेका अन्दाजी  १६ वर्षीय किशोर आइतबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.