ट्र्याक्टर दर्घटनामा एककाे मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको मृत्यु भएको छ ।
ट्र्याक्टरमै बसिरहेका रौतहट चन्द्रपुर नपा–९ कै २१ वर्षीय विनोद राम गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
गए राति करीब ८ बजे बर्दिवासबाट रौतहट जाँदै गरेको ना ६ त ५६१५ नम्बरको रुई पेल्ने मेशिनसँग जोडिएको ट्र्याक्टर बाँके जङ्गलमा आफँै अनियन्त्रित भई पल्टिँदा चालक मन्सुरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...