सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नवलपरसी (पश्चिम), उदयपुर, चितवन,महोत्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

नवलपरसी (पश्चिम) बर्दघाट नगरपालिका-४ बसपार्कस्थित सडकमा लु.१ ख ७२९६ नम्बरको माईक्रोबसले सोमबार दिउसो पैदलयात्री नवलपरासी (पूर्व) बिनयी त्रिबेणी
गाउँपालिका-७ का  ७ वर्षीया सितल बोटे र ४ वर्षीय छोरा आर्यन बोटेलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि चिसापानी अस्पताल बर्दघाट लगिएकोमा उपचारको क्रममा सितल बोटेको मृत्यु भएको छ ।

माईक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर त्रियुगा नगरपालिका-१४ साउनेस्थित सडकमा स.१ त ६१५२ नम्बरको ट्याक्टरलाई स.७ प ५१९३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सोमबार  दुर्घटना हुँदा मोटरसाइकलमा सवार सप्तरी सप्तकोशीका ६० वर्षीय प्रेमकुमार तामाङलाई उक्त ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।

फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन भरतपुर महानगरपालिका-७ गिरी चोकस्थित सडकमा ना.४० प २८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री सोहजी महानगरपालिका-१० बस्ने ५५ वर्षीय हरिप्रसाद खतिवडालाई सोमबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएकाले पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देही ओमसतिया गाउँपालिका-२ पडसरी चोकस्थित सडकमा युपि ५६ जेड ५६९  नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक भारत नौतनवा बस्ने २६ को रन्जितकुमार मदेशिया र मोटरसाइकलमा सवार रुपन्देही सिद्धार्थनगर नगरपालिका-६ बस्ने २६ वर्षिय अमित बनियाको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.