टिपरको ठक्करबाट बालिकाको मृत्यु

टिपरको ठक्करबाट बालिकाको मृत्यु

मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सोमबार बिहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिदा बालिकाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाकाे मृत्यु पछि सुन्दरहरैंचाको बेलेपुर तनावग्रस्त बनेकाे  प्रहरीले जनाएकाे छ ।

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएर आगजनी गरेका थिय । आगजनीबाट टिपर पूर्ण रुपमा क्षति भएको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य पाँच/छ वटा टिपरमा पनि तोडफोड गरेका छन्।

स्थानीय बासिन्दाले सडकमा टायर बालेर टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरिरहेका छन्। स्थानीयको अवरोधका कारण घटनास्थलमा प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेका छन्।

लापरबाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीयबासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन्। भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बसेको छ। प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने टिपरमा आगजनी र अन्य टिपरमा तोडफोड गरेका हुन्।

अहिले साे क्षत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.