सवारी दुर्घटनामा एककाे मृत्यु

सवारी दुर्घटनामा एककाे मृत्यु

बारा जितपुरमा सवारी दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ ।

जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा ना.५९ प ६९१९ नम्बरको मोटरसाइकल र ना.२४ प १२०२ नम्बरको मोटरसाइकल आइतबार साँझ एब आपसमा  ठक्कर खाँदा गम्भीर घाइते भएका ना.५९ प.६९१९ नम्बरको मोटरसाइकल चालक सोही ठाँउका ३० वर्षीय सुशील अधिकारीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार ३५ वर्षीय रबिन्द्र पुडासैनीलाई उपचारको लागि वीरगंजतर्फ लगिएको छ ।

ना. २४ प १२०२ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिइआवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.