कुलोमा डुबेर एककाे मृत्यु

कुलोमा डुबेर एककाे मृत्यु

गेरुवा गाउँपालिका-४ गिदरपुर बस्ने ६० वर्षीय झक्कुप्रसाद अचार्य सोही गाउँपालिका-२ पाताभारस्थित बुढी कुलोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार दिउसो फेला परेका छन् ।

२०७५ माघ ११ गते देखि हिङ र सिलाजित बिक्री गर्न जान्छु भनि अचार्य घरबाट हिँडेकोमा घर फर्कि नआएकोले प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.