पानीमा डुबेर २ वर्षीय बालककाे मृत्यु

पानीमा डुबेर २ वर्षीय बालककाे मृत्यु

झापामा पानीमा डुबेर २ वर्षीय बालककाे मृत्यु भएको छ  ।

कचनकबल गाउँपालिका-५ पाठामारीस्थित इँट्टाभट्टामा काम गरी बस्ने भारत घर भएका सुरजित बर्मनको २ वर्षीय छोरा शिव बर्मनको पानीमा डुबेर मंगलबार  मृत्यु भएको छ ।

खेल्ने क्रममा इँट्टाभट्टा अगाडि रहेको पैनीको पानीमा डुब्दा अशक्त भएका शिवको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.