सवारी दुर्घटनामा ३ को मृत्यु

सवारी दुर्घटनामा ३ को मृत्यु

मोरङ, सुर्खेत र नवलपरासी(पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मोरङ, सुनवर्सी नगरपालिका-६ खिरकीडाँगी चौकस्थित सडकमा को.१ ह ६८४६ नम्बरको सिटीसफारी आफै अनियन्त्रित भई मंगलबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका सिटी सफारीमा सवार सोही नगरपालिका-९ खुनियावारी बस्ने २४ वर्षीय सूर्यनारायण पासवानलाई उपचारको लागी कोशी अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१३ रातानाङ्लास्थित भिरबाट भे.९ प १६३५नम्बरको मोटरसाइकल आफै अनियन्त्रित मंगलबार राति खस्दा चालक सोही नगरपालिका-५ बस्ने २८ वर्षीय लक्ष्मण दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

नवलपरासी(पूर्व), गैडाकोट नगरपालिका-८ स्थित गैरी भन्ने स्थानमा ना.अ.प ६५७ नम्बरको म्याजीकले ना.१६ प २१९६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका बस्ने ३० वर्षीय शितल कुमालको  उपचारको क्रममा मृत्यु भएको छ ।

दुबै सवारी र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१० मगरकोटस्थित सडकमा लु.३६ प ७२३९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका बस्ने ६० वर्षीय नारायणप्रसाद पौडेललाई मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएकि उनको  उपचारको उपचारको क्रममा उनको मृत्यु भएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.