आगलागीबाट सुनसरीमा ११ लाख भन्दा बढीको क्षति

आगलागीबाट सुनसरीमा ११ लाख भन्दा बढीको क्षति

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ बिचपानीमा भएको आगलागीमा ११ लाख भन्दा बढीको क्षति भएको छ ।

मंगलवार दिउसो ४ बजे स्थानीय शिवनारायण श्रेष्ठको गाईगोठमा अचानक आगलागी भइ गाईगोठ जलेर नष्ट हुँदा ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गाेठमा सल्किएकाे आगाे श्रेष्ठको छिमेकी गणेश कार्कीको  १ तले कच्ची घरमा सल्किन गइ घर भित्र रहेको सम्पुर्ण समान जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षति भएको छ  । उक्त आगलागी प्रहरी  टोली, स्थानीयवासी र दमकलको सहयोगमा बेलुका ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको तथा कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.