ग्यास चुहिएर भएको आगलागीबाट छ लाख क्षति

ग्यास चुहिएर भएको आगलागीबाट छ लाख क्षति

काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ ।

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडाँै महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो ।

आगलागीबाट रु पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.