बस दुर्घटनामा तिन गम्भिर घाइते

बस दुर्घटनामा तिन गम्भिर घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा बस दुर्घटना हुदा  ३ जना गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् ।

बुटवलबाट महेन्द्रनगरका लागि छुटेको लु १ ख ८६३० नम्बर को बस लमही नगरपालिका वडा नम्बर३ मा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसको पट्टा भाच्चिँदा बस राजमार्गबाट तल खसेको हो । दुर्घटना परी घाइते भएका हरुको लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउनबाँकी छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.