टिपरको ठक्करबाट सेनाका हवल्दारको मृत्यु

टिपरको ठक्करबाट सेनाका हवल्दारको मृत्यु

कपिलवस्तुमा टिपरको ठक्करबाट सेनाको हवल्दारको मृत्यु भएको छ ।

वुद्धभूमि नगरपालिका १ वसन्तपुरमा बुधबार राति लु२ख २२८० नम्बरको टिपरले लु१९प ६८१ नम्बररको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर  घाइते भएका थापालाई उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.