छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु  १२ घाइते

छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु १२ घाइते

मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री ६५ वर्षीय वृद्धलाई ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।

त्यस्तै मनहरीकै खरंगामा ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोरङका मोटरसाइकल चालक ३१ वर्षीय रवीन्द्रकुमार पोदारको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, घटनामा सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौंडाको चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भइरहेको छ ।

उता,मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसँग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका ३५ वर्षीय गोविन्द वमजनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

तीन वटै दुर्घटनाका ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.