ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्यु एक घाईते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एककाे मृत्यु एक घाईते

चीतवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे छ भने एकजना घाईते भएका छन् ।

भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका ५ का ३७ वर्षीय रेशमबहादुर गुरुङको मृत्यु भएको हो ।

ट्रककाे ठक्करबाट घाईते गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो । सोही ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किएर साइकलयात्रि भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्।

ठक्कर दिने ट्रक र ट्रकका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.