हाइसकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

हाइसकाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

चितवनमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ ।

बुधबार साँझ पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइसले इच्छाकामना ४ लेवाटारमा विपरीत दिशाबाट आइरहेको ग ७ प ९३९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको हो ।

हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख १९१२ नंको अर्को हाइसमा ठोक्किएका थिए । दुवै हाइस र चालक प्रहरी प्रहरी नियन्त्रणमा रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.