चट्याङ लागेर किशोरीको मृत्यु

चट्याङ लागेर किशोरीको मृत्यु

चट्याङ लागेर खोटाङमा एक किशोरीको मृत्यु भएको छ ।

रावावेशी गाउँपालिका-३ लेख खर्क बस्ने १८ वर्षीया धन कुमारी श्रेष्ठको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको हाे । सोही ठाउँमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लामिडाँडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.