छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु

रामेछाप, महोत्तरी, धादिङ, सिन्धुली, सप्तरी, बाँके, सर्लाही र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

रामेछाप, मन्थली नगरपालिका-२ लिपे खोलास्थित सडकमा बा.३ ख ३२६१ नम्बरको गुडिरहेको बसबाट खसेर आइतबार बिहान गम्भीर घाइते भएकी बसमा सवार सोही नगरपालिका-२ टेकनपुर बस्ने १९ वर्षीया सुमित्रा कार्कीको धुलीखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएकी बसमा सवार सोही ठाउँ बस्ने १७ वर्षीया मनिषा कार्कीको धुलीखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, पिपरा गाउँपालिका-५ जनक नगरीस्थित सडकमा ना.५ ख ६१३५ नम्बरको बसले आइतबार बेलुका ठक्कर दिँदा साईकलयात्री पिपरा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज मुखियाको घटनास्थलमै मृत्यु भएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, गजुरी गाउँपालिका-२ मलेखु बजारस्थित सडकमा ना.१३ प ७७७१ नम्बर र ग.५ प ५२१५ नम्बरका मोटरसाइकल वैशाख ८ गते एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ना.१३ प ७७७१ नम्बरको मोटरसाइकल चालक बेनिघाट रोराङ गाउँपालिका-४ बस्ने ४० वर्षीय बेद बहादुर सार्कीको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार बेलुका मृत्यु भएको छ ।

दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका-६ रिठ्ठे बेशीस्थित बिपि राजमार्गामा बा.६० प ९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा कमला नगरपालिका-२ बस्ने ३३ वर्षीय राजेश कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरी, खड्क नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा स.५ प ८३६१ नम्बरको मोटरसाइकलले आइतबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका साईकलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय विन्देश्वर साहको उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, नरैनापुर गाउँपालिका-५ सर्वराजपुरुवास्थित सडकमा भे.१ त ४९४० नम्बरको ट्याक्टरले आइतबार साँझ ठक्कर दिँदा सोही गाउँपालिका-५ सर्वराजपुरुवा बस्ने हजारी बेहनाको १० वर्षीय छोरा ईरखान बेहनाको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, हरिवन नगरपालिका-११ स्थित सडकमा बा.२९ प ८३१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१० सुकपोखरी बस्ने ३८ वर्षीय राजेश श्रेष्ठलाई उपचारको लागि नमूना अस्पताल हरिवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा मे.१ ज २०५९ नम्बरको बोलेरो गाडीले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री ताप्लेजुङ साविक सिकैचा-८ बस्ने ३२ वर्षीय दिपेश पौडेलको उपचारको लागि बी एन्ड सी अस्पताल विर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बोलेरो गाडी र चालक झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३५ वर्षीय विष्णु चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा आवश्यक उद्दार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.