छुट्टाछुट्टै सवारी दुर्घटनामा सातको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सातको मृत्यु

कैलाली, अर्घाखाँची, सप्तरी, ललितपुर र नवलपरासी (पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

कैलाली, गोदावरी नगरपालिका-७ स्थित हरैया चोकमा से.१ च १६९० नम्बरको पिकअप जिपले से.६ प ८०५२ नम्बरको मोटरसाइकललाई र साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकल चालक सोही नगरपालिका-६ लालपुर बस्ने २० वर्षीय दिपेन्द्र चोखालको मृत्यु भएको छ ।

सोही दुर्घटनाका घाइते भएका अन्य ३ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

अर्घाखाँची, शितगंगा नगरपालिका-६ फुर्सामाटास्थित सडकमा ग.१ ज ४८७६ नम्बरको जिप अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा कपिलबस्तु शिबराज नगरपालिका-५ बस्ने १८ वर्षीया सिता उपाध्यायको मृत्यु भएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, खड्क नगरपालिका-७ स्थित सडकमा बा.६५ प १३१ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका साइकल चालक शम्भुनाथ नगरपालिका-८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको  मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय सन्तोष कुमार साहको सप्तऋषि अस्पतालमा र साइकल चालक सोही नगरपालिका-८ बस्ने २७ वर्षीय राजेश चौधरीको एडभान्स अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर, बागमती गाउँपालिका-३ नयाँगाउँस्थित सडकमा बा.५ च ५६९६ नम्बरको गाडी आनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बेलुका दुर्घटना हुँदा गाडी चालक भट्टेडाँडा बस्ने महोत्तरी घर भएका १९ वर्षीय विशाल मगरको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १७ वर्षीय सुनिता लोप्चन र २८ वर्षीया सरिता मोक्तानको आनन्द वन अस्पताल टिकाभैरवमा उपचारको क्रममा मृत्यु भएको छ । अर्का घाइते सोही ठाउँ बस्ने मकवानपुर घर भएका १९ वर्षीय रमेश खुपुङ तामाङलाई आनन्द वन अस्पताल टिकाभैरव हुँदै थप उपचारको लागि पाटन अस्पताल रिफर गरिएको छ ।

नवलपरासी (पूर्व), बिनयीत्रिबेणी गाउँपालिका-२ स्थित पूर्बपश्चिम राजमार्गमा भारतीय युपी.३१ टि २९४७ नम्बरको ट्रक अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका १७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

ट्रक चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.