छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

सुर्खेत र बारामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्कस्थित ना.७ ख २५७७ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने तिर्थ बहादुर शाहीको ४ वर्षीय छोरा अंकित शाहीको मृत्यु भएको छ ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बारा, करैमाई गाउँपालिका-२ करैया टोलस्थित सडकमा ना.२ त १८०५ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सोही ठाउँ बस्ने महेश चौधरीको ६ वर्षीय छोरा मनिस चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.