मोटरसाईकलको ठक्करबाट पैदल यात्रीकाे  मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीकाे  मृत्यु

मोरङमा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्रीकाे  मृत्यु भएको छ ।

उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा आज बिहान मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्काकाे मृत्यु भएको हाे ।

मोटरसाईकललेको ठक्करबाट घाईते खड्काकाे उपचारकाे क्रममा बिराट नर्सिङहोम बिराटनगरमा मृत्यु भएको हाे ।

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.