ट्याक्टर दुर्घटनामा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु दुई घाइते

पाँचथरमा गए राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

कुम्याक गाउँपालिका-२ सुब्बाटोल स्थित गैरी भन्ने स्थानमा सुब्बाटोलबाट सल्लाको गोलिया काठ बोकेर चौथी बजार तर्फ आउँदै गरेको लु ४ त ६२४ नम्बरको ट्याक्टर उकालो बाटोमा आँफै अनियन्त्रित भई  दुर्घटना हुदा फालेलुङ गाउँपालिका-५ प्राङबुङ वस्ने वर्ष २० को रोशन थाम्सुहाङकाे मृत्यु भएको हाे ।

दुर्घटनामा घाइते चालक पाँचथर याङवरक गाउँपालिका-३ ओयाम वस्ने वर्ष २१ को सन्तोष राई र सह-चालक फिदिम नगरपालिका-९ लुम्फावुङ वस्ने वर्ष २० को धिरेन राईकाे जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको  छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.