माइक्रो बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

माइक्रो बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रो बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको मृत्यु भएको हाे । माइक्रोको ठक्करबाट घाइते मगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.