करेन्ट लागेर एककाे मृत्यु

करेन्ट लागेर एककाे मृत्यु

रौतहटमा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।

कटहरिया नगरपालिका-३ विर्तिटोल वस्ने ४५ वर्षीय मौजेलाल राय यादवको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको हाे । खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवको सामुदायिक हस्पिटल कटहरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.