छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ को मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ को मृत्यु

काठमाडौं, सर्लाही, रुपन्देही, कपिलबस्तु, सिन्धुपाल्चोक, सिराहा, रुपन्देही, पाचँथर र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङस्थित सडकमा प्रदेश ३-००४ प ००११ नम्बरको मोटरसाइकलले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रामेछाप घर भएका २२ वर्षीय रोहित कार्कीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, कबिलासी नगरपालिका-८ कबिलासीस्थित सडकमा बीआर.३० डब्लु १७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय सुनिल बैठालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित सडकमा ना.१ ह ८८१० नम्बरको अटोले रिक्सालाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका रिक्सा चालक रानीगंज बस्ने ६५ वर्षीय बिसै हरीजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

अटो चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-५ दलदलास्थित सडकमा लु.१ ख ९५५२ नम्बरको ट्रकले लु.३ प ५००१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१ जमवारपुल बस्ने २९ वर्षीय बिजेन्द्र धोबीको
जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० स्थित सडकमा बा.४ ख ७०१८ नम्बरको मिनी ट्रकबाट खसेर मंगलबार बेलुका टायरले किच्दा सोही ट्रकमा सवार ईन्द्रवती गाउँपालिका-४ टाकुरे बस्ने ६४ वर्षीय सुर बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

सिराहा, मिर्चैया नगरपालिका-२ मल्हनियाँ चोकस्थित सडकमा स.६ प ८०१३ नम्बरको मोटरसाइकल रोकी राखेको बा.१ ग २४६२ नम्बरको ट्रकमा मंगलबार बेलुका ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने २७ वर्षीय सागर जैसवालको प्राथामिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुबै सवारी साधनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१२ बरमेलीटोलस्थित सडकमा लु.१८ प ३९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुषको उपचारको लागि क्रिमसन अस्पताल मणिग्रामतर्फ लैजाने क्रममा मृत्यु भएको छ ।

पाँचथर, कुम्मायक गाउँपालिका-२ सुब्बाटोल गैरीस्थित सडकमा लु.४ त ६२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका फालेलुङ गाउँपालिका-५ प्राङबुङ बस्ने २० वर्षीय रोसन थाम्सुहाङको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले मंगलबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय श्याम सुन्दर ठाकुरलाई जनकपुर अंचल अस्पताल हुँदै थप उपचारको लागि
बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मोटरसाइकल सहित चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनास्थलमा स्थानीय प्रहरीले उद्धार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.