बसको ठक्करबाट एकको मृत्यु एक गम्भीर घाइते

बसको ठक्करबाट एकको मृत्यु एक गम्भीर घाइते

जनकपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

जटही सडक खण्ड अन्तर्गत नगराईन नगरपालिका वार्ड नं २ तीन गछिया नजिकै  ना.३ ख. २९८० नम्वरको बसले  ज.९ प. ४१८२ नंबरको मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलमा सवार धनुषा जिल्ला मधुवनी शीलकोर निवासी वर्ष ४० का सुरेन्द्र यादवको मृत्यु भएकाे हाे ।

दुर्घटनामा मोटरसाइल सवार जनकपुर १७ का २१ वर्षीय रमेश यादव गम्भीर घाइते छन् । प्रहरीका अनुसार हाल बस प्रहरीको नियन्त्रणमा रहेको र फरार गाडी चालकको खोजी भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.