मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

रामेछापमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बिहीबार बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा ४८ प ३०१८ नम्बरको मोटरसाइकलकाे ठक्करबाट लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तिल्पुङ निवासी ६५ वर्षीया केशरी तामाङ मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । ठक्कर दिने मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.