छुट्टाछुट्टै सवारी दुर्घटनामा ५काे मृत्यु , ४२ घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५काे मृत्यु , ४२ घाइते

सिन्धुपाल्चोक, मोरङ, बाग्लुङ, म्याग्दी, धनुषा,सर्लाही र नवलपरासी (पुर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोक, बलेफीस्थित बलेफी बजारमा खाडीचौरबाट बलेफीतर्फ जाँदै गरेको बा.३ ख ९३४ नम्बरको बसले बा.७२ प ९०३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बलेफी बजारमा सुन पसल गरी बस्ने बाह्रबिसे घुम्थाङका २५ वर्षीय विजय प्रधानको घटनास्थालमै मृत्यु भएको हो ।

दुर्घटनाको बिषयलाई लिएर मृतकका आफन्तले बाटो अवरोध गर्नुका साथै प्रहरीको गाडीमा ढुङ्गामुढा गर्दा ११ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । ढुङ्गामुढा प्रहार गर्ने ४ जना र बस चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, बुढिगंगा बासबारीमा को.१ क १५६५ नम्बरको ट्रकले को.१ ज २२७७ नम्बरको भ्यानलाई ठक्कर दिँदा भ्यानमा सवार सुनसरी इटहरी बस्ने ५७ वर्षीय देव प्रसाद अधिकारीको मृत्यु भएको छ ।

भ्यानका चालक सुनसरी चतराका २६ वर्षीय जिवना खड्का समेत ११ जना घाइते भएका छन् । घाइतेहरुको बिएमसि अस्पताल गंगा चोकमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ, निसीखोला धुँवाकोटमा गुडिरहेको लु.१ च ६७५२ नम्बरको पिकअप भ्यानबाट खसेर सोही ठाउँ बस्ने खीम बहादुर सुनारको १२ वर्षीय छोरा लक्षु सुनारको मृत्यु भएको छ ।

भ्यान झिवाखोलाबाट बुर्तिबाङतर्फ जाँदै गरेको थियो । दुर्घटनामा घाइते भएका भ्यानमा सवार खेमलाल सुनारको १२ वर्षीय छोरा बिष्णु सुनारको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

म्याग्दी, बेनी नेप्टेचौरमा बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना.५ ख ५७२४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा,नगराईन तीनगाछियामा नगराईनबाट जनकपुरतर्फ जाँदै गरेको ना.३ ख २९८६ नम्बरको बसले ज.९ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत मधुवनी बस्ने ४० वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जनकपुर अंचल अस्पतालमा उपचारको भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, हरिवन मुसलमान टोलमा ना.३ ख ५६१५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही स्थान बस्ने शेख मेराजु बिनको १६ वर्षीय छोरा शेख खुस्बु बिनको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

नवलपरासी(पुर्व), बिनयीत्रिबेणी ज्यमिरेमा ना.४ ख ४९७६ नम्बरको ट्रकले ना.६ ख ४८०८ नम्बर र ना.५ ख ३८७१ नम्बरका ट्रकलाई ठक्कर दिँदा ना.४ ख ४९७६ नम्बरको ट्रक र ना.५ ख ३८७१ नम्बरको ट्रकका सहचालक गरी २ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेकोले प्रहरीले खोजी
गरिरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएका स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.