जीपकाे ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

जीपकाे ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

बैतडीमा जीपकाे ठक्करबाट सडक छेउमै खेलिरहेका ३ वर्षीय बालकको मृत्यु भएको छ।

डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा से १ ज ६०३ नम्बरको जीपले ठक्कर दिँदा जीपले ठक्कर दिँदा सडक छेउमै खेलिरहेका ३ वर्षीय बालक युुकेश साउदको मृत्यु भएको हो।

जीपको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचार क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालकलाई ठक्कर दिएर भाग्दै गरेका जिपका चालक विक्रम बिष्टलाई दोगडाकेदार गाउँपालिका ६ सल्सेनाबाट प्रहरीले जिपसहित नियन्त्रणमा लिइ थप अनुसन्धान सुरू गरेकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.