ललितपुरमा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

ललितपुरमा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु

ललितपुरकाे एकान्तकुनामा भ्यानको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ भने अर्का एक पैदलयात्री घाईते भएका छन्।

बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा सइकलयात्री भारतीय नागरिक हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका ३५ वर्षीय अमरे आलम को मृत्यु भएको हो ।

भ्यानले साइकललाई ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको नेपाल मेडिसिटी अस्पताल नख्खुमा उपचार भइरहेको छ । उनको परिचय खुल्न सकेको छैन् । भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.