ट्रिपरको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट माेटरसाइकल चालकको मृत्यु

ट्रिपरको ठक्करबाट कपिलपस्तुमा एकजनाको मृत्यु भएको छ ।

बिहीबार भैरहवा–तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु दोहनी चोकमा लु १ ख ६१६८ नम्बरको टिपरले लु २८ प ६१५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा माेटरसाइकल चालक धोबी कपिलवस्तु ७ धरमपानीका बालजी धोबीको मृत्यु भएको हाे ।

टिप्परले ठक्कर दिएर गम्भीर घाइते भएका धोवीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले ट्रिप्परमाथि आगजानी गरेका थिए ।

ठक्कर दिने ट्रिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.