मोटरसाइकल र ट्र्याक्टर एक आपसमा ठाेक्किँदा एकको मृत्यु

मोटरसाइकल र ट्र्याक्टर एक आपसमा ठाेक्किँदा एकको मृत्यु

पाल्पाकाे रामपुरमा गएराति मोटरसाइकल र ट्र्याक्टर एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

रामपुरबाट विजयपुर बजारतर्फ जाँदै गरेको बा ४५ प ८३६८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको लु ३ त ७९७२ नम्बरको ट्याक्टर ठोकीएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामपुर नगरपालिका ५ बाङ्गेपसलका १९ वर्षीय सञ्जु रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाईते भएका रानाकाे उपचारकाे क्रममा जिल्ला अस्पताल तानसेनमा मृत्यु भएको हो । त्यसै गरी रानासँगै मोटरसाईकलमा सवार राहुल सुनारी सामान्य घाईते भएका थिए । उनी सामान्य उपचार पछि घर फर्किएका छन् ।

ठक्कर दिने ट्र्याक्टका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.