सुतिरहेकाे अवस्थामा घर भत्किँदा ४ महिने बालकको मृत्यु , बुवा आमा घाइते

सुतिरहेकाे अवस्थामा घर भत्किँदा ४ महिने बालकको मृत्यु , बुवा आमा घाइते

रौतहटमा बिहीबार मध्यरातमा सुतिरहेकाे अवस्थामा घर भत्किँदा ४ महिने बालकको मृत्यु भएको छ भने बालकको बुवा आमा घाइते भएका छन् ।

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार राति भत्किँदा पुरिएर रामलोचनका  ४ महिने  छोरा सन्तलाल रामको मृत्यु भएको हाे । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा ४ महिने बालकको मृत्यु भएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ

सुतिरहेकाे अवस्थामा घर भत्किँएर पुरिदा घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.