गोरखामा जीप दुर्घटना, ७ जना घाइते

गोरखामा जीप दुर्घटना, ७ जना घाइते

गोरखामा  बुधबार दिउसाे बोलेरो जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका– २ स्थित दर्बुङ्गको रानीस्वरामा बा २० च ५४५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा  चालक मिलन श्रेष्ठ ,मिना पन्त, सीता लामिछाने, सारजन थापा, नरबहादुर थापा, दीपक थापा र लिला थापा घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ भने चालक मिलन श्रेष्ठको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ।  उनीहरु सबै गण्डकी गाउँपालिकाकै स्थानीय हुन् ।

तान्लिचोकबाट गाउँपालिका कार्यालय जाने क्रममा घुम्तीमा मोड नपुगेपछि ब्याक गर्ने क्रममा सडकबाट करीब ४३ मिटर तल खसेर दुर्घटना भएको घ्याल्चोक प्रहरी चौकीका प्रमुख असई लखन बहादुर चौधरीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.