जंगली च्याउ खाँदा एककाे मृत्यु तीन गम्भिर घाइते

जंगली च्याउ खाँदा एककाे मृत्यु तीन गम्भिर घाइते

लमजुङमा जंगली च्याउ खाँदा एकजनाकाे मृत्यु भएको छ भने अन्य ३ जना गम्भिर घाइते भएका छन् ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ भने सुलबहादुर क्षेत्री ,सरिता क्षेत्री र मनतोष क्षेत्री गम्भिर घाइते भएका छन् ।

जंगली च्याउ खाएर  गम्भिर घाइते भएका चारै जना सोमबार काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना भएका थिए। उपचारमा खटिएका डाक्टरले साजनको उपचार सम्भव नभएपछि गाउँ फर्काएकोमा मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए।

मनतोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताए। सुलबहादुर र सरिताको अवस्था भने सामान्य रहेको  गुरुङले बताए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.