आफैँले बनाउँदै गरेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते

आफैँले बनाउँदै गरेको बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते

पर्वतमा आफैँले बनाउँदै गरेको  पाइप बम बिस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ जीआई पाइपमा सलाईको काँटीकाे बारुद भरेर  बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन् ।

विस्फोटबाट गम्भीर घाइते घर्तीको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ भने रानाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइते दुबै युवाको प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.