पौडी खेल्न क्रममा त्रिशूलीमा डुबेर एककाे मृत्यु

पौडी खेल्न क्रममा त्रिशूलीमा डुबेर एककाे मृत्यु

पौडी खेल्न क्रममा त्रिशूली नदीमा डुबेर एक जनाकाे मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा घुम्न निस्केका बझाङका २५ वर्षीय मनोज बोहोराको गल्छी गाउँपालिका-४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा डुबेर मृत्यु भएको हाे ।

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.