मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

बर्दियामा मंगलबार राति रोकिराखेको ट्रलीमा ठोक्किएर मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको ट्रलीमा  भे८प ७८९ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवकाे मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भिर घाइते यादवकाे उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी बिट कालीमाटीमा कार्यरत प्रहरी जवान यादव भाइको विवाहका लागि छुट्टीमा घर आएका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.