मोटरसाइकल र मिनीट्रक एक आपसमा ठक्कर खाँदा एकको मृत्यु

मोटरसाइकल र मिनीट्रक एक आपसमा ठक्कर खाँदा एकको मृत्यु

पाेखरामा मोटरसाइकल र मिनीट्रक एक आपसमा ठक्कर खाँदा मोटसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

लेखनाथ नगरलिका आदर्शचोक स्थित सडकमा ग१ख ३४१६ नम्बरको मिनी ट्रक र बिपरित दिशाबाट आइरहेको ग १३प २६६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटसाइकलमा सवार  लेखनाथ नगरलिका १४ पोखराका २७ वर्षीय श्याम गुरुङको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका लागि अस्पताल लौजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.