गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

पर्सामा गाडीको ठक्करबाट मंगलबार दिउँसो पैदलयात्रीकाे मृत्यु भएको छ ।

धोविनी गाउँपालिका-२ भिखमपुरस्थित सडकमा ना.२ च ५१२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ७० वर्षीय पुजन राउत कुर्मीको  मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.