ट्रककाे ठक्करबाट नर्सकाे मृत्यु

ट्रककाे ठक्करबाट नर्सकाे मृत्यु

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रककाे ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

इटहरीबाट धरानतर्फ आउँदै गरेकाे को२६प ५८१ नं को स्कुटीलाई बिपरीत दिशाबाट आउदै गरेकाे ना५ख ४२४५ नं को ट्रकले ठक्कर दिँदा धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो ।

नर्स कविता तुम्बाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.