छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु

तनहुँ, कञ्चनपुर र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

तनहुँ, म्याग्दे गाउँपालिका-१ तल्लो गुडादीस्थित पृथ्वी राजमार्गमा प्रदेश ३-०२-००६ प २५२६ नम्बरको मोटरसाइकलले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ६ वर्षीया निशा आलेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौलीतर्फ लैजाने
क्रममा बाटोमै मृत्यु भएको छ ।

ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, शुक्लाफँटा नगरपालिका-७ जुडास्थित सडकमा से.१ त ७१२२ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिंदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५० वर्षीया सरस्वती मल्लको न्यू झलारी पोलिक्ल्निकमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहा, धनगढीमाई नगरपालिका-९ स्थित राजमार्गमा स.१ त ३२२६ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुषको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु
भएको छ ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार तथा अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.